बिहीबार, वैशाख १३, २०८१

यी हुन् क्यान्सर प्रतिरोधी फलफूल तथा तरकारी

डा. हेमराज कोइराला २०७९ चैत ३ गते ६:५१

ओखर : पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धान ले ओखरमा प्रसस्त पोलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने अक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ। अमेरिकन इंस्टिट्यूट अफ क्यान्सर रिसर्च का अनुसार ओखरमा कपर, मगैनेस, म्याग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ जून क्यान्सर प्रतिकारी छन। क्यान्सर रोग लगेकाले दैनिक ३० ग्राम ओखर खानुपर्छ ।

गोलभेँड़ा : गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ। जानवरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेबनले प्रोस्टेट कैंसरबाट बचाउने तथ्य सार्वजनिक भएको छ। विभिन्न प्रयोगशालाहरुमा भएका अनुशंधानले गोलभेडामा पाइने लाइकोपेन र रेड फैमेली वर्गमा पर्ने तत्वहरूले कैंसर रोकथाम गर्न कैंसरसेलहरूलाई बढ्न र फैलीन नदिने गर्ने गरेको पाइएको छ ।

ग्रीन टी : ग्रीन टी मा प्रसस्त पोलीफेनोल्स एंड फ्लेवोनायड्स जस्ता एन्टिअक्सीडेन्ट पाइन्छब। ग्रीन टी मा पाइने कटेचिन्स भनिने फ्लेवोनोयड्स लाइ क्यान्सर प्रतिकारी तत्व मानिएको छ। ग्रीन टी ले कोलन लिवर , ब्रैस्ट र प्रोस्टेट मा क्यान्सर उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ। ग्रीन टी को नियमित सेवनले मूत्रथैली ठूलो आन्द्र, पेट, प्याक्रियाज र एसोफैगसको क्यान्सरको जोखिमलाई कम गरेको बताईन्छ । तर धेरै मात्रमा ग्रीन टी लीदाँ यसले दबाईहरु संग प्रतिक्रिया गरी नोकसान पुर्याउन सक्छ ।

लसुन : लसुन र एलियम वर्गका तरकारीहरुलाई शक्तिशाली क्यान्सर प्रतिरोधी तरकारी मानिएको छ। यी वर्गका तरकारी हरूले खस गरेर पेट तथा ठुलो आन्द्राको क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसन्धानहरूले जनाएका छन । यी तरकारीमा पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छन् । लसुनमा पाईने डाई-एलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको कन्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको पायीएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ ।

ब्रो काउली : ब्रो काउली र अन्य क्रुसिफेरस तरकारी हरूमा फोलीक एसिड, भिटामिन सी, भीटामिन के , पोटासीएम, फईबर र मयाग्नीज जस्ता तत्वहरू प्रसस्त पाईन्छन। यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स, एन्थोसैनीन, केम्फेरोल जस्ता तत्व हरू पनि पाइन्छ । यी तत्व हरू विभिन्न तन्तुहरूका क्यान्सरले भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छन् ।

स्याउ : स्याउमा प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइन्छ । यसमा कुरसेटिन, एपीक्याटेसिन भनिने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएडहरू पनि पाईन्छ ।

आलस : आलसको दानामा प्रासस्त मात्रामा मग्नेसियम म्यागनीज थायमिन, फाइबर, तामा र सेलेनियम जस्ता तत्वहरु पाईन्छ । यसमा भिटामिन ई, अल्फा-लिनोलेनिक एसिड ओमेगा – ३ जस्ता तत्व पनि पाईन्छ। चेरी : दैनिक चेरी खानाले क्यान्सर प्रतिरोधमा ठूलो ठेवा पुर्याउछ। चेरीमा एन्थोसाइनिन, हाइड्रोअक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रसस्तै फाइबर पाईन्छ ।

गहुँको जमरा : गहुँको जमरामा क्यान्सर प्रतिरोधी तत्वहरु पाइएका छन। गहुँको जमराको रसलाई मानव जातिको रगतसँग ४० प्रतिशत मेलखाने मानिन्छ । यसमा विषाक्तता ठीक गर्नसक्ने मूल्यवान वस्त हुन्छ ।

हरियो सागपात : लुंडे, लट्टे, बेथे, चंसुर पालुंगो, मेथी फर्सीको मुन्टा जस्ता हरिया सागपातमा फोलिक एसिड, करोटेनाइड र फाइबर पाईन्छ। यी तत्वहरू क्यान्सर प्रतिरोधी तत्व हुन।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया