नक्कली ‘देश कैलाश’बाट ठगियो अमेरिकाको नेवार्क सहर

गत जनवरीमा अमेरिकाको न्युजर्सी सहर हिन्दु राष्ट्रको “सिस्टर सिटी” बन्न लागेको थियो, तर रोचक तथ्य के थियो भने कथित राष्ट्र एक काल्पनिक थियो, धरतीमा त्यसको कुनै अस्तित्व नै छैन । यो घटना सुन्दा अचम्म लाग्छ तर यसको वास्तविकता रोचक छ । भारतमा आफ्नै शिष्यालाई बलात्कारको आरोप लागेपछि अमेरिका भागेका नित्यानन्दले बनाएको नक्कली देश कैलाशविरुद्ध ठगीको आरोप सहित पहिलो मुद्दा दर्ता भएको छ ।
अमेरिकाको न्यु जर्सी सहर ठगीको पहिलो सिकार बने पछि यो प्रकरणले चर्चा पाएको हो । नेवार्क सहरका अधिकारीहरू सुरुमा हिन्दु राष्ट्र कैलाशसँग जोडिने मौका पाएकोमा उत्साहित थिए । तर पछि थाहा भयो, जुन देशसँग आबद्ध हुन लागेको थियो त्यो देशको अस्तित्व नै छैन । जनवरीमा नेवार्क शहरले कैलाशका केही प्रतिनिधिहरूलाई स्वागत गरेको थियो तर पछि आएर त्यो सबै भारतीय कथित गुरु स्वामी नित्यानन्दको ठगी भएको जानकारी पाएका थिए । नेवार्क अधिकारीहरूका अनुसार नक्कली देश कैलाशसँग गरेको सम्झौता ६ दिन मात्र भएको थियो । उनीहरूले यसलाई निराधार र शून्य भनेका छन् ।
अधिकारीहरूका अनुसार यस सम्पूर्ण कार्यक्रममा कुनै पनि प्रकारको पैसाको लेनदेन भएको थिएन । नेवार्क शहरका प्रवक्ताले घटना दुखद भएको, तापनि नेवार्क शहर विविध संस्कृतिहरूले भरिएको साझेदारीको लागि तत्पर रहेको बताएका छन् । नेवार्क सहर जुन प्रयोजनका लागि कैलाशमा सामेल हुने कार्यक्रम थियो त्यसलाई ‘सिस्टर सिटी प्रोग्राम’ नाम दिइएको थियो जुन दोस्रो विश्वयुद्धपछि सुरु गरिएको थियो । कार्यक्रमको उद्देश्य दुई नगरपालिकाबीचको सांस्कृतिक र व्यावसायिक सम्बन्धलाई सुदृढ गर्ने थियो । नेवार्क न्यू जर्सीको सबैभन्दा ठूलो सहर हो । जनवरी १२ मा नेवार्कका मेयर रास बराकाले नक्कली प्रतिनिधिहरूसँग भेटेका थिए । यहि कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको थियो । यस क्रममा उनले भनेका थिए, ‘हाम्रो सम्बन्धले सांस्कृतिक, सामाजिक र राजनीतिक घटनाक्रमलाई बुझ्न र दुवै ठाउँका सबैको जीवनस्तरमा सुधार ल्याउन मद्दत गरोस् भन्ने कामना गर्दछु ।’
सीबीएस रिपोर्टका अनुसार कैलासका काल्पनिक बासिन्दाहरूका लागि कुनै सुधारहरू आएको छैन र अझ राम्रो हुनेवाला छैनन् । यसैबीच, नेवार्कका बासिन्दाहरू आफुहरू यस घटनाले सर्मिन्दा बनाएको प्रतिक्रिया दिएका छन् । उनीहरूले आफ्ना अधिकारीहरू कसरी ठगीमा फसेकोमा अचम्मित छन, जबकी गुगलमा सर्च गरेर पनि यो ठगीबाट बच्न सकिने उनीहरूको भनाई छ । नेवार्क निवासी शेकी मेरिटले सीबीएस न्यूजलाई भनेका छन कि एक जना अधिकारीले पनि गुगल सर्च गरेनन र त्यसैले हामी यो सम्पूर्ण गडबडीमा फसेका छौं । उनले सबै सत्यतथ्य अधिकारीहरूले खोज्नुपर्ने बताए । अर्का बासिन्दा मिशेलले आफू हिन्दु दाजुभाइ दिदीबहिनीलाई माया गर्ने तर यो ठगीको घटना भएको बताए । अर्को पटक गुगलमा सर्च गरेपछि मात्र सिस्टर सिटीका विषयमा कुनै निर्णय हुने यहाँका बासिन्दाले बताएका छन् । ग्लोबल न्यूज ब्रेकबाट








प्रतिक्रिया