स्ववियु निर्वाचन : मौन अवधि सुरु

नेपालखोज २०७९ चैत ३ गते ८:५१

काठमाडौं । स्ववियु निर्वाचनको मौन अवधि गए रातिदेखि सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने छैनन् ।

आगामी चैत्र ५ गते हुने निर्वाचनमा बिहान ८ बजेदेखि ४ बजेसम्म समय तोकिएको छ । देशभरका ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित भइसकेका छन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

प्रतिक्रिया