शुक्रबार, वैशाख १४, २०८१

नेप्से १,९३३ अंकमा सीमित हुँदा ६ अर्ब ३० करोडकाे काराेबार

नेपालखोज २०७९ चैत ३ गते ९:३५

काठमाडौं । यो साता नेप्से १९ सय ३३ दशमलव ३१ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६४ दशमलव ७८ अंकमा सीमित भएको छ । सातामा दुई सय ६० वटा कम्पनीहरुको एक लाख ४१ हजार चार सय ६९ पटकको कारोबारमा एक करोड ८५ लाख ७८ हजार तीन सय ३५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ३० करोड ८९ लाख ५७ हजार तीन सय २८ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुुई सय ६२ वटा कम्पनीहरुको ९३ हजार चार सय सात पटकको कारोबारमा एक करोड २४ लाख ५७ हजार छ सय ५१ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब १६ करोड २३ लाख २३ हजार एक सय आठ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा तेस्रो दिन बढेर बाँकी दिनहरुमा भने घटेको थियो ।

पहिलो दिन २६ दशमलव ८० अंकले घटेर १९ सय ७५ दशमलव ८९ बिन्दुुमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन पनि पाँच दशमलव ३२ अंकले घटेपछि १९ सय ३३ दशमलव ३० अंकमा सीमित हुन पुगेको थियो । यी बाहेकका दिनहरुमा तेस्रो दिन नेप्से सामान्य अंकले बढेपनि बाँकी दिनहरुमा भने घटेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन पाँच दशमलव ५५ अंकले घटेर तीन सय ७३ दशमलव ९५ अंकमा खुम्चिएकोमा पाँचौं दिन शुन्य दशमलव ५१ अंकले घटेर तीन सय ६४ दशमलव ७८ अंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका दिनहरुमा तेस्रो दिन सेन्सिटिभ इन्डेक्स सामान्य अंकले बढेको थियो भने बाँकी दिनहरुमा घटेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया