शनिबार, वैशाख १३, २०८२

यि हुन् सर्वाधिक बिक्री हुने बाइक

नेपालखोज २०७९ चैत ३ गते १६:२८

काठमाडाैं । भारतीय बजारमा कम्युटर सेगमेन्टका बाइकको माग सधैं रहँदै आएको छ । कम लागत, राम्रो माइलेज र कम मर्मतसम्भारका कारण यो सेक्टरका मोटरसाइकलहरू निकै रुचाइएका छन् । हिरो मोटोकर्पका सवारीसाधन सदाझैं जनवरी महिनामा पनि निकै बिक्री भएका छन् । अर्कातर्फ बजाज अटो र होन्डाले पनि राम्रो प्रदर्शन गरेका छन् ।

जनवरि महिनामा भारतमा सबैभन्दा बढी बिक्री हुने बाइकहरू हेराैँ

Hero Splendor

कम्युटर सेग्मेन्टमा हिरो स्प्लेन्डरको कुनै तुलना छैन । स्प्लेन्डरमा प्लसदेखि आई-टेकसम्मका धेरै मोडलहरू समावेश छन्। यद्यपि, स्प्लेन्डर प्लस सबैभन्दा बढी रुचाइएको छ । यो बाइकको अन्तर्राष्ट्रिय मूल्य १ लाख १५ हजार देखि १ लाख २५ सम्म छ । जनवरि महिनामा यो बाइकको कुल २,६१,८३३ युनिट बिक्री भएको थियो, जुन गत वर्षको जनवरी महिनामा बिक्री भएको कुल युनिटको तुलनामा २५.७ प्रतिशत बढी हो । यो बाइक यसको राम्रो प्रदर्शन र माइलेज को लागी परिचित छ।

कम्पनीले यो बाइकमा ९७.२ सीसी इन्जिन प्रयोग गरेको छ जसले ८.०२ पीएस पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ । ड्रम ब्रेक र ट्युबलेस टायरले सुसज्जित हिरो स्प्लेन्डरमा कम्पनीले एलईडी डेटाइम रनिङ लाइटसहितको स्टार्ट–स्टप प्रविधि प्रयोग गरेको छ । जसले भारी ट्राफिकमा पनि आरामदायक सफर गर्न सकिन्छ ।

Honda Shine

होन्डाको कम्युटर बाइक शाइनलाई पनि मानिसहरुले निकै रुचाएका छन्, यो भारतमा सबैभन्दा बढी बिक्री हुने दोस्रो बाइक हो। कम्पनीले जनवरी महिनामा यो बाइकको कुल ९९ हजार ८ सय ७८ युनिट बिक्री गरेको छ जुन अघिल्लो वर्षको १,०५,१५९ इकाइको तुलनामा ५ प्रतिशत कम हो । यो बाइकको अन्तर्राष्ट्रिय बजार मूल्य १ लाख २५ हजार देखि १ लाख ३५ हजार सम्म छ। यो बाइकलाई बजारमा हिरो स्प्लेन्डरको सबैभन्दा नजिकको प्रतिस्पर्धी मानिन्छ ।

कम्पनीले यो बाइकमा १२४ सीसी क्षमताको सिंगल सिलिन्डर भएको एयर कुल्ड, फ्युल इन्जेक्टेड इन्जिन प्रयोग गरेको छ । जसले 10.7PS को पावर र 11Nm को टर्क जेनेरेट गर्छ। यसमा एसीजी (अल्टरनेटर करेन्ट जेनेरेटर) साइलेन्ट स्टार्टर विकल्पका साथै पाँच-स्पीड गियरबक्स छ। यो प्रविधि धेरै उपयोगी छ, जसले बाइकको आवाजको स्तरलाई न्यूनतम राख्छ ।

Bajaj Pulsar

बजाज पल्सर दशकौंदेखि आफ्नो मूल्य खण्डमा सबैभन्दा लोकप्रिय बाइकहरू मध्ये एक हो। कम्पनीले हालसालै पल्सर २२० एफ पनि तयार पारेको छ । जनवरी महिनामा कम्पनीले यो बाइकको कुल ८४ हजार २७९ युनिट बिक्री गरेको थियो जुन अघिल्लो वर्ष मात्र ६६ हजार ८३९ इकाइ थियो । पल्सरको पल्सर १२५ को अन्तर्राष्ट्रिय बजार मूल्य १ लाख ३६ हजार रुपैयाँदेखि १ लाख ४६ हजार रुपैयाँसम्म छ ।

पल्सरको रेन्जमा १२५ सीसीदेखि २५० सीसी इन्जिन क्षमताका धेरै मोडलहरू छन् र सबै मोडलहरूको सामूहिक बिक्री यहाँ समावेश छ ।

Hero HF Deluxe

हीरो मोटोकार्पको सबैभन्दा किफायती बाइक Hero HF सिरिजमा पनि दुईवटा मोडल छन्, एउटा HF 100 र अर्को HF Deluxe । यी दुई बाइकको लुक र डिजाइन केही फरक छ । HF 100 को अन्तर्राष्ट्रिय बजार मूल्य ९१ हजार बाट सुरु हुन्छ भने HF Deluxe को अन्तर्राष्ट्रिय बजार मूल्य ९६ हजार बाट सुरु हुन्छ। कम्पनीले गत वर्षको जनवरीमा एचएफ सिरिजका कुल ४७ हजार ८ सय ४० युनिट बिक्री गरेको छ जुन गत वर्षको सोही महिनामा बिक्री भएको कुल ८५ हजार ९२६ युनिटभन्दा ४४ प्रतिशत कम हो ।

हिरो एचएफ सिरिजमा कम्पनीले ९७.२ सीसी इन्जिन प्रयोग गरेको छ जसले ८पीएस पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ । यो त्यही इन्जिन हो जुन स्प्लेन्डरमा पनि पाईन्छ । किफायती भएकाले यो बाइकमा आधारभूत फिचर्स दिइएको छ । नयाँ अपडेटपछि यो बाइकको माइलेज झण्डै ९ प्रतिशतले बढेको कम्पनीको दाबी छ । यो भारतमा चौथो सर्वाधिक बिक्री हुने बाइक हो ।

Bajaj Platina

बजाज अटोको किफायती बाइक मध्येको एक प्लाटिना भारतमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकलको सूचीमा पाँचौं स्थानमा छ । यो बाइक दुई फरक इन्जिन विकल्पमा उपलब्ध छ । प्लाटिना ११० को अन्तर्राष्ट्रिय बजार मूल्य १ लाख १० हजार रुपैयाँ र प्लाटिना १०० को अन्तर्राष्ट्रिय बजार मूल्य १ लाख ५ हजार जति छ। दुबै बाइकको लुक र डिजाइन धेरै हदसम्म समान छ । कम्पनीले जनवरि महिनामा प्लाटिना रेन्जका कूल ४१ हजार ८७३ युनिट बिक्री गरेको थियो जुन गत वर्षको जनवरिमा ४६ हजार ४९२ युनिट थियो ।

प्लाटिना १०० मा कम्पनीले १०२ सीसी इन्जिन प्रयोग गरेको छ जसले ७.९ पीएस पावर र ८.३ एनएम टर्क जेनेरेट गर्छ । ट्यूबलेस टायर र ड्रम ब्रेक भएको यो बाइकले सामान्य माइलेज ७० किलोमिटर प्रतिलिटर दिन्छ । अर्कातर्फ प्लाटिना ११० मा कम्पनीले ११५.४५ सीसी क्षमताको इन्जिन प्रयोग गरेको छ जसले ८.६० पीएस पावर र ९.८१ एनएम टर्क जेनेरेट गर्छ । यसमा डिस्क ब्रेकको विकल्प उपलब्ध छ ।

प्रतिक्रिया