शुक्रबार, वैशाख १४, २०८१

पोखरा फाईनान्सको २६ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

नेपालखोज २०७९ चैत ३ गते १६:२१

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले शुक्रबार आफ्नो २६ औ वार्षिकोत्सव मनाएको छ । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले मिति २०५३ साल देखि आफ्नो बैकि∙ कारोबार शुभारम्भ गरेको हो । नेपालभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाईनान्स लि. राष्ट्रिय स्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ ।

स्थापनाकालको २६ औ वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैकि∙ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको छ ।

वित्तीय संस्थाको हाल अधिकृत पुँजी १५० करोड रुपैयाँ रहेको छ भने जारी तथा चुक्ता पुँजी १.०८ अर्व रुपैयाँ रहेको छ । देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको यस वित्तीय संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको छ । २६ औ वार्षिकोत्सवको अवसरमा संस्थाले प्रधान कार्यालयको प्रा∙णमा रक्तदान कार्यक्रम सम्पन्न गरेको र ५१ जनाले रक्तदान गरेका छन् ।

संस्थाको २६ औ वर्षसम्मको निरन्तर यात्रामा सदभाव र सहयोग गर्नुहुने सम्पृ्र्ण आदरणीय ग्राहकहरु, सेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै वित्तीय संस्था आगामी दिनहरुमा समेत आफ्नो ग्राहकहरुलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ सेवा प्रदान गर्न तत्पर रहेको वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया