सोमबार, असार ९, २०८२

स्थानीयसँगै पश्चिमी वायुको प्रभाव, हावा हुरीसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ चैत ४ गते ६:१२

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  अहिले देशभर आँशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ/हावा हुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया