शुक्रबार, वैशाख १४, २०८१

सवारीमा सडक खाली गर्नुपर्ने परम्परा तोड्दै राष्ट्रपति पौडेल

नेपालखोज २०७९ चैत ४ गते २२:३१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारगेड नलिइ काठमाण्डौको बसन्तपुरमा रहेको कुमारी घरमा पुगेका छन्। राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् ।

कारगेडबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे । त्यसक्रममा सडकमा गुडीरहेका गाडीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारगेडसहितको सुरक्षाका कारण सडकमा नागरिकले सास्ती व्यहोर्नु परेको गुनासो र आक्रोश सर्वसाधारण तहबाट आइरहेको बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेडबिना नै सवार भए।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएको भन्दै पौडेलको आलोचना भएको थियो ।

प्रतिक्रिया