सोमबार, वैशाख २९, २०८२

पोर्नस्टारको मुद्दामा ट्रम्पलाई गिरफ्तारीको डर

नेपालखोज २०७९ चैत ५ गते ६:३५

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व पोर्न स्टारलाई मौन बस्नका लागि पैसा दिएको आरोपमा आफू पक्राउ पर्न सक्ने बताएका छन् । उनले आफ्ना समर्थकहरुलाई पक्राउ सम्बन्धी कुनै पनि पहलको विरोध गर्न आग्रह गरेका छन् । पूर्वराष्ट्रपतिले आफ्नो सामाजिक मञ्च ट्रुथमा आफू पक्राउ परे आफ्ना समर्थकले कडा विरोध गर्नुपर्ने बताएका हुन् ।

ट्रम्पका एक वकिलले मिडिया रिपोर्टका आधारमा यो बयान दिईएको जनाएका छन् । यदि उनको गिरफ्तारी भयो भने उनी फौजदारी अभियोगमा मुद्दा चलाईने अमेरिका कै पहिलो पूर्व राष्ट्रपति हुनेछन् । यदि उनी पक्राउ परे भने सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने उनको अभियान संकटमा पर्न सक्छ । यो मामिलामा ट्रम्पविरुद्ध विगत पाँच वर्षदेखि अनुसन्धान चलिरहेको छ ।

ट्रम्पले पूर्व पोर्न स्टार स्टर्मी डेनियललाई मौन बस्नका लागि पैसा दिएको आरोप छ । डेनियलका अनुसार सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनाव हुनुअघि उनलाई उक्त पैसा दिइएको थियो । स्टर्मी डेनियलले आफूसँगको सम्बन्धका बारेमा कुनै कुरा सार्वजनिक नगरेको बदलामा ट्रम्पका पूर्व वकिल माइकल कोहेनले आफूलाई १ लाख ३० हजार डलर दिएको बताइन् । यता ट्रम्पले स्टर्मी डेनियलसँग आफ्नो यौन सम्बन्ध नभएको बताएका थिए । उनले त्यतिबेला यो घटना राजनीतिक प्रेरित भएको दाबि गरेका थिए ।

प्रतिक्रिया