शुक्रबार, वैशाख १४, २०८१

प्रशोधित खानेकुराको लतमा नेपाली समाज

डा.रामदेव पण्डित २०७९ चैत ५ गते ६:४३

काठमाडौं । एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे । आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो । पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन । एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन । खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन । काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो ।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन् । व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन् । पकाइएको केही परिकार प्याक गरेर राखिन्छ । यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ । भात, रोटी, दाल र तरकारीहरू पनि प्याक भएर बिक्री वितरण हुन थालेको अवस्था छ ।

खाना पकाउन, खुवाउन र पकाइएको खाना ढोका ढोकामै पुर्‍याउने व्यावसायिक अभ्यास सुरू भएपछि खाद्य उद्योग सुरू भएका छन् । पकाइएको खाना घरघरमा टाढा–टाढा पुर्‍याउन समय लाग्छ । त्यसअवधिमा खानालाई बिग्रिनबाट बचाउन प्रिजर्भेटिव राख्न थालिएको छ । खाद्य पदार्थहरू प्रशोधन गर्न थालिएको छ । त्यसपछि पत्रु खाना (जंक फुड), तयारी खाना (फास्ट फुड) र प्याकेज्ड खाना (प्याक्ड फुड) को युग सुरू भएको छ ।

अहिले खाद्य बजार यति व्यापक बनेको छ कि एउटा शहरको खाना अर्को शाहर मात्र पुग्दैन एउटा गाँउमा बनेको खाना विश्वभर पुग्छ । यसरी एक ठाँउमा बनेको खाना विश्भरि पठाउँदा समय लाग्ने हुँदा खानालाई बिग्रिनबाट बचाउन अत्यधिक प्रशोधन गरिन्छ । धेरै प्रकारका केमिकलहरू पनि राख्ने गरिएको छ ।

कृत्रिम रूपमा प्रशोधित खाना दुई प्रकारका छन् । पत्रु खाना (जंक फुड) र तयारी खाना (फास्ट फुड) । ऊर्जा धेरै तर पोषक तत्त्व शून्य भएका खाना पत्रु खाना हुन् । सजिलै उपलब्ध हुने खाना तयारी खाना हो, तयारी खानामा पोषक तत्त्व हुन पनि सक्छ नहुन पनि सक्छ । पत्रु खाना वा तयारी खाना प्याकेटमा वा डब्बामा उपलब्ध हुनुलाई प्याकेट खाना (प्याक्ड फुडरक्यान्ड फुड) भनिन्छ ।

खाद्य उद्योग अहिले विश्वस्तरका ठुलाठुला व्यावसायिक घरानाहरूको वर्चस्वमा छ । खाद्य उद्योगको व्यापार चौतर्फी व्यापक रूपमा बढी रहेको छ । हरेक मिनेटमा खाद्य पदार्थको नयाँ नयाँ प्रशोधित परिकारहरू बनाइन्छ र बजारमा ल्याइन्छ । जसलाई बच्चादेखि वृद्ध र रोगी देखि योगीसम्मले खाने गरेको पाइन्छ । प्रशोधित खानाको व्यापार पूर्वीय र पश्चिमा समाजमा पनि उत्तिनै व्यापक छ ।

प्रशोधित पत्रु खाना, त्यारी खाना र प्याकेट खाना विभिन्न स्वाद, आकार, प्रकार र रङ्गमा यत्रतत्र पाइन्छन् । नेपालजस्तो स्वादप्रधान देश जहाँ भोजन र पोषणको सचेतना निकै कम छ । त्यहाँ ती खानाहरूको व्यापार अझ बढ्दो छ, लोकप्रिय छ । भोजभतेर, पार्टी, विहेव्रतबन्ध, आदिमा पनि यी खानाहरू नै प्रयोगमा आइरहेका छन् ।

नेपाली समाज प्रशोधित खानाप्रति यति संम्वेदनशील छ कि खाइएको पत्रु खानाको प्रयोग गरिसक्ने मिति, त्यसमा के के घटक सामग्री राखिएको छ भन्ने समेत हेर्न जरूरी ठान्दैन । त्यो बेच्न योग्य छ कि छैन, आधिकारिक निकायबाट अनुमति प्राप्त गरेको छ कि छैन भन्ने कुरा निकै परको विषय बनेको छ । यी सब कुरामा ध्यान दिने फुर्सद धेरैमा अझै छैन ।

बजारमा खाद्य पदार्थ बेच्ने पसलमा एकसरो नजर लगाउँदा, पसल ‘प्याकेट’ खानाले भरिएको हुन्छ । ‘प्याकेट’ खानाको रंगीचंगी प्याकेटहरू सजिएको हुन्छ । कुरकुरे, चाउचाउ, बिस्कुट, दालमोठ, चकलेट, पाउरोटी, जुस, ससेस । के के हो के के १ तपाइँ हाम्रै भान्सामा नजर लगाउनुस् त तिनै बजारका खानेकुराले वर्चस्व जमाएका प्रष्टै देखिन्छ । यसको स्पष्ट संकेत के हो भने नेपाली समाज प्रशोधित खाने कुराको लतमा फस्दै गइरहेको छ भन्ने हो ।

खाद्य वस्तु जनस्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले खानलायकको खाने कुरा मात्र बजारमा आउने गर्छ । सरकारी मापदण्ड पूरा नगरी र अनुमति नलिई खाद्यवस्तु बजारमा बिक्री वितरण गर्न ल्याउनै पाइँदैन । खाद्यवस्तुको गुणस्तरकै लागि भनेर कानुतस् मापदण्ड पनि तोकिएको हुन्छ तर धेरै जंक एवं प्याकेट खानामा ठूलो ठूलो अक्षरमा लेखिएको हुन्छ- ‘वन्ली सेल ईन नेपाल’ तर किन भनेर प्रश्न गर्ने फुर्सद कसैलाई छैन । किन नेपालमा मात्र रु के यो प्रश्न गम्भीर होइन रु

विचित्रको कुरा के हो भने ती खानेकुरामा हानिकारक चिज छैन भनेर समेत दाबी गरिएको हुन्छ । पोषणको मात्रासहित स्वास्थ्य र पोषणका लागि उक्त खाने कुरा उत्तम भनेर लेखिएको हुन्छ । यसरी दोधारे नीतिले उपभोक्ता नै द्विविधामा पर्छन्– कुन कुरा सही हो भनेर । त्यसो त माटोमा पनि पोषण हुन्छ तर हामी माटो खाँदैनौ किन कि त्यसमा अन्य धेरै हानीकारक तत्त्व हुन्छ । त्यस्तै हो प्रशोधित खाना पनि । स्वास्थ्यका सवालमा मानिसले सुरक्षालाई पहिलो प्राथमिकता ९सेफ्टी फस्ट० मा राखेको हुन्छ त्यसैले कुनै खाद्य वस्तुको फाइदा भन्दा पहिले त्यसको हानीको मूल्याङ्कन गर्नु जरुरी हुन्छ र त्यसै गरिन्छ । यस अर्थमा प्याकेटमा अनावश्यक दाबी उल्लेख गर्नुलाई भ्रामक प्रचार मात्र मान्नुपर्छ ।

जंकफुडलाई एचएफएस्एस् पनि भनिन्छ । जसको अर्थ हाई ईन फ्याट, सुगर एण्ड साल्ट हुन्छ । यस्तो खानाको प्रचारप्रसारमा सन् २०२१ देखि अमेरिका र स्पेनमा प्रतिबन्ध लगाइएको छ । यस्तो खानामा एकखालको पोषक तत्त्व भए पनि फाइबर, प्रोटिन, भिटामिन, मिनरल निकै कम हुने गर्छ ।

कच्चा पदार्थ वा प्राकृतिक खाने कुरालाई प्रशोधन गरी त्यसलाई स्वादिलो र टिकाउयुक्त बनाउन रसायनिक पदार्थ एवं नुन अधिक मिसाइन्छ । कुनै पनि खाने कुरा कुरूम-कुरूम बनाउने काम अद्यौगिक ट्रान्स फ्याट (हानिकारक चिल्लो पदार्थ) ले गर्छ । जिब्रोको लागि स्वादिलो भए पनि असन्तुलित मात्रामा हुने ट्रान्स फ्याट, रसायन र नुन स्वाथ्यको लागि हानिकारक नै मानिन्छ ।

अमेरिकी संस्था ‘स्क्रिप्पस रिसर्च इन्स्टिच्युट’ले सन् २००८ मा मुसाहरूमा गरेको एक अध्ययन अनुसार जसरी हेरोइन र कोकेनले मुसाहरूको मस्तिस्कको गतिविधि बिगार्छ त्यसरी नै जसरी जंक फुडले बिगरेको पाइयो । त्यस्तै २००७ मा ब्रिटिस जर्नल अफ न्युट्रिसनले प्रकाशन गरेको गर्भवती मुसाहरूमा गरिएको अध्ययनका अनुसार गर्भवती अवस्थामा जंक फुड खाने आमाका बच्चाहरूको खानपिनशैली निकै अस्वस्थकर हुने गरेको पाइयो ।

प्याकेटका खानेकुराको उत्पादन मिति र म्याद गुज्रने मिति लेख्ने अधिकार उत्पादक कम्पनीको हुन्छ । प्रयोग गरिसक्ने अवधिभर खाद्यवस्तुको प्रयोग गर्दा सेवाग्राहीको स्वास्थ्यमा परेको असरको सम्पूर्ण जिम्मेवारी समेत कम्पनीले नै बहन गर्नुपर्छ भन्ने कानुनी प्रावधान हुन्छ तर व्यवहारमा प्याकेटको खाना खाए लगत्तै स्वास्थमा समस्या आइहाल्दैन । त्यस्तो खाना लामो समयसम्म खाएपछि मात्र समस्या आउँछ । त्यस लामो अवधिमा अन्य धेरै कुरा पनि खाइएको हुन्छ । अतस् रोगी हुँदासम्म के ले रोग लागेको हो सजिलै पत्ता लगाउन मुस्किल पर्छ । फलतस् उत्पादकसँग क्षतिपूर्ति माग्न आधार पुग्दैन । यसरी उत्पादकले उपभोक्ताको स्वाथ्य बिगारेर पनि उम्किन सफल छ ।

लेबररस् हेल्थ एण्ड सेफ्टी फण्ड अफ नर्थ अमेरिकाका अनुसार प्रशोधित खानामा ५००० प्रकारका कृत्रिम घटकहरू मिसाइने गरिन्छ । जुन ऊर्जामा खँदिलो र बानी लगाउने खालका हुन्छन् । ५ वर्ष लगाएर १ लाख मान्छेमा गरिएको एक अध्ययनका अनुसार यदि मान्छेले १० प्रतिशत प्रशोधित खाना दैनिक जीवनमा थप्छ भने उसमा क्यान्सर लाग्ने सम्भावना १२ प्रतिशतले बढ्छ । प्रशोधित खानाले प्रत्यक्ष रूपमा उच्च रत्तचाप र मधुमेह लाग्ने सम्भावना बढाउँछ ।

अत्यधिक प्रशोधित खानेकुरा पोषणका लागि वा स्वास्थ्यका लागि भनेर खानु भ्रम हो । बेलामौकामा भोक मेट्न वा जिब्रोको स्वाद फेर्न प्रशोधित खानेकुराहरू खान सकिए पनि नियमित खानु सर्वथा हानिकारक छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया