विराटनगरमा निषेधाज्ञा जारी सुरु
नेपालखोज
२०७९ चैत ५ गते ८:१५

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । आज बिहान देखि प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।
कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले प्रदर्शन गर्ने लागेका हुन् ।
चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने छ ।
सम्बन्धित

प्रतिक्रिया