इक्वेडरमा भुकम्पमा परि मर्नेहरु बढ्न सक्ने, विपद व्यापक भएको अनुमान

काठमाडाैं । ‘युएस जियोलोजिकल सर्भे’ ले इक्वेडरको कोस्टल ग्वायास क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल (८० किलोमिटर) दक्षिणमा केन्द्रित थियो ।
सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरूमा ग्वायाकिलको सडकमा मानिसहरू भेला भएको देख्न सकिन्छ। उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रपति गुइलेर्मो लासोले ट्वीट गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका छन् । राष्ट्रपति गुइलेर्मो लासोले पत्रकारहरूलाई भने अनुसार भूकम्पले निस्सन्देह ठूलो जनसंख्यामा खतराको घण्टी बजाएको छ । लासोको कार्यालयले एक विज्ञप्तिमा भनेको छ- यो भुकम्पमा परि मर्नेहरु मध्ये ११ जनाको तटीय राज्य एल ओरोमा र दुई जनाको पहाडी राज्य अजुए का छन ।
सीएनएनले सरकारि अधिकारिहरुलाई उधृत गर्दै जनाए अनुसार पर्खाल भत्किँदा अजुएमा एक व्यक्तिको मृत्यु भएको थियो भने एल ओरोमा कम्तिमा तीनजना सुरक्षाकर्मिको क्यामेरा टावर भत्किँदा मृत्यु भएको थियो। भूकम्पका कारण घाइते भएकाहरुको अस्पतालमा उपचार भैरहेको बताईए पनि त्यसको विस्तृत विवरण भने आउन सकेको छैन ।
यूएसजीएसले यो भूकम्पलाई “अर्जेन्ट अलर्ट” भनेर लेबल लगाएको छ । यो विपद् सम्भावित रूपमा व्यापक छ र हताहत बढ्ने अनुमान गरिएको छ । भूकम्पले दक्षिणी इक्वेडरका भवनहरूमा ठूलो क्षति पुर्याएको तर अहिलेसम्म सुनामीको कुनै संकेत नदेखिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया