बिहीबार, असार ५, २०८२

प्रचण्डलाई विश्वासको मत दिन काँग्रेसले लगायो ह्वीप

नेपालखोज २०७९ चैत ५ गते १२:५२

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्वीप लगाएको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

आइतबार नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । साथै, काँग्रेसले सरकारमा सहभागी बनाउने मन्त्री छान्नका लागि मापदण्ड समेत बनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने तय भएको छ ।

प्रतिक्रिया