बिहीबार, चैत १५, २०८०

एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेपालखोज २०७९ चैत ५ गते १३:४९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले भोलि संसदमा लिइने विश्वासको मत दिने र पार्टी सत्ता पक्षमा उभिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए । सरकारमा सहभागी जाने विषयमा परामर्श गर्ने खतिवडाले नेपालखोजलाई बताए ।

यसअघि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया