शनिबार, वैशाख १५, २०८१

९० अंकले घट्यो नेप्से

नेपालखोज २०७९ चैत ५ गते १५:४९

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज छ दशमलव ९० अंकले घटेर १९ सय २६ दशमलव ४० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५२ अंकले घटेर तीन सय ६३ दशमलव २६ अंकमा झरेको छ । दुई सय ५९ वटा कम्पनीहरुको ३० हजार सात सय ७५ पटकको कारोबारमा ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब छ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहहरुको सूचक बढेर बाँकी समुहहरुको सूचक घटेका छन् । सो मध्ये बाँणिज्य बैक समुहको सुचक छ दशमलव ७२ अंकले घटेर १२ सय ४७ दशमलव ४१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक १५ दशमलव २९ अंकले घटेर तीन हजार पाँच सय २५ दशमलव ३५ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ६३ दशमलव ९१ अंकले घटेर नौं हजार पाँच सय ८५ दशमलव ६० अंकमा झरेकोमा फाईनान्स, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सूचक भने छ दशमलव ८१ अंकले बढेर २५ सय ५६ दशमलव ८१ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सूचक पनि दुई दशमलव ७२ अंकले बढेर आठ हजार सात सय ७० दशमलव ४७ अंकमा चढेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी र टे«डिङ समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज मानुषी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ४७ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सानिमा ग्रोथ फण्डको प्रतियुनिट सेयर मुल्य आठ दशमलव ५६ प्रतिशतले घटेर आठ रुपैंयाँ ७६ पैसामा कारोबार भएको छ । यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता १९ सय ७५ रुपैंयाँ अन्तिम मुल्यमा छ करोड १० लाख ९८ हजार छ सय ३३ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया