शुक्रबार, वैशाख ७, २०८१

प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी

नेपालखोज २०७९ चैत ५ गते १९:०६

देउखुरी । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत दाङको घोराहीमा आज समीक्षा बैठकमा सीमित स्रोतसाधनका बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताए । मुख्यमन्त्री गिरीले सबैको सहयोग र समन्वयबाट समृद्ध प्रदेश बन्न सक्ने बताए ।

अप्ठ्यारोका बीचमा पनि जनताको गुनासो सुनेर काम गर्नुपर्ने उनको भनाइ थियो । ‘पार्टीलाई सही ढङ्गले चलाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने । गाउँगाउँका मतदाताको मनोभाव बुझेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया