चिनियाँ राष्ट्रपति सी आजदेखि रुसको राजकीय भ्रमणमा
नेपालखोज
२०७९ चैत ६ गते १२:०८

काठमाडाैं । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ ( चैत ६ गते देखि ८ गते ) सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बिषयमा जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । यद्यपि अमेरिका लगायत उसका समर्थक मुलुकको बढ्दो सुरक्षा गतिबिधि लाई मध्यनजर गर्दा सी को यो रुस भ्रमण लाई निकै महत्त्वपूर्ण मानिएको छ ।
सम्बन्धित
प्रतिक्रिया