सोमबार, वैशाख २९, २०८२

मियामी सहरमा हिंसाका घटना बढेपछि संकटकाल र निशेध आज्ञा जारी

नेपालखोज २०७९ चैत ६ गते १२:०८

वासिङटन । अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घट्ना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ । सो राज्यको एक तटिय सहर मियामीमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घटना बढेका छन् ।

आइतबार यहाँ निशेध आज्ञा आदेश जारी गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो आदेशअनुसार यहाँका नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् ।यो आदेश अर्काे सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

सो सहरमा शुक्रबार राति एकजनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एकजना सर्वसाधारण घाइते भएका थिए ।त्यसैगरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एकजनाको हत्या गरिएको छ । ती हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ ।

दक्षिणी फ्लोरिडाको सो सहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि सङ्कटकाल लगाउनुपरेको सो सहरका मेयरले भिडियो सन्देशमार्फत् जानकारी दिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया