आइतबार, असार ८, २०८२

नेप्सेमा करेक्सन : एक अर्ब २९ करोड रुपैंयाँको कारोबार

नेपालखोज २०७९ चैत ६ गते १५:२३

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन झण्डै सात अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २२ दशमलव ६५ अंकले बढेर १९ सय ४९ दशमलव शुन्य छ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९७ अंकले बढेर तीन सय ६६ दशमलव २३ अंकमा पुगेको छ । दुई सय ५८ वटा कम्पनीहरुको २९ हजार दुई सय ८२ पटकको कारोबारमा ५२ लाख ५५ हजार ८६ कित्ता सेयर किनबेच हुुँदा आज कुल कारोबार रकम एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौं सय ८८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सूचक पाँच दशमलव ५६ अंकले बढेर १२ सय ५२ दशमलव ९७ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ६२ दशमलव ९४ अंकले बढेर तीन हजार पाँच सय ८७ दशमलव ७६ अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सूचक पनि ५६ दशमलव ५९ अंकले बढेर २६ सय १३ दशमलव ४० अंकमा चढेकोमा जीवन बीमा समुहको सूचक पनि ९४ दशमलव ३१ अंंकले बढेर नौं हजार छ सय ८२ दशमलव ७३ अंकमा चढेको छ । निर्जिवन बीमा समुहको सूचक पनि ८३ दशमलव ५० अंकले बढेर आठ हजार आठ सय ५३ दशमलव ९८ अंकमा चढेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १९ सय ४१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सर्पोेट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ३६ प्रतिशतले घटेर नौं सय रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता तीन सय ९४ रुपैंयाँ अन्तिम मुल्यमा सात करोड ६३ लाख ९२ हजार चार सय ४२ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया