सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७९ चैत ७ गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय १४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया