प्रदेश सरकार पनि आलोपालोमा चल्छ : प्रचण्ड
नेपालखोज
२०७९ चैत ७ गते १४:४७

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार पनि आलोपालो चल्ने बताए ।
गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी– साहिलटार सडक शिलान्यास गर्दै मंगलबार उनले यथासिघ्र संघ र प्रदेश सरकारलाई पूर्णता दिने बताए । साथै ११ दललाई समाबेश गरि प्रदेश सरकारहरु पुनर्गठन गर्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले संघीय सरकारलाई पूर्णता दिन पनि छलफल सुरु भइसकेको बताए । कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार बिकासमन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताए ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार शिलान्यास गरिएको सडक गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडक भएको बताए
सम्बन्धित
प्रतिक्रिया