माओवादी नेता आङ्बोलाई ज्यान मार्ने धम्की
नेपालखोज
२०७९ चैत ७ गते १६:२५

काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई ता ज्यान मार्ने धम्की आएको छ ।
माओवादी जिल्लास्तरीय बैठकमा सहभागी हुन गएका आङ्बोलाई आज ताप्लेजुङमा कोशी नामकरणविरुद्ध आन्दोलीत समूहले ज्यान मार्ने धम्की दिएका हुन् ।
पहिचान पक्षधर आन्दोलनकारीले फुङ्लिङ नगरपालिका तक्मेडाँडा छेउमा आङ्बोमाथि आक्रमणको प्रयास भएको हुन् ।
आक्रमणबाट उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ । बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासी ढुंगा हान्दै नाराबाजी गरेको उनका स्वकीय सचिव पुजन मगरातीले बताए ।
सम्बन्धित
प्रतिक्रिया