‘गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै हाे, अब कुनै पनि गल्ती गर्ने छुट छैन’
नेपालखोज
२०७९ चैत ७ गते १७:३४

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गरेका छन् । उनले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा पनि कांग्रेसकै रहेको पनि बताएका छन् ।
मंगलबार काठमाडौँ आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले नेपाली कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन् ।
नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु नहुने बताए । उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उल्लेख गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया