तीनवटा प्रदेशमा आजराति चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
नेपालखोज
२०७९ चैत ७ गते २०:४४

काठमाडौं । माैसम विज्ञान विभागका अनुसार आज मंगलबार राति बागमती, मधेस र काेसी प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेकाे छ ।
विभागले आज राति र बुधबार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जनाएकाे हाे ।
महाशाखाले देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावा-हुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया