आइतबार, वैशाख २८, २०८२

भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्प

नेपालखोज २०७९ चैत ८ गते ७:११

काठमाडाैं । भारत, पाकिस्तान र अफगानिस्तानमा मंगलबारको राति भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । मौसम विज्ञान केन्द्र जयपुर, राजस्थानका अनुसार भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.६ मापन गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादमा थियो ।

भारतका दिल्ली, राजस्थान र जम्मू कश्मीरमा भूकम्पको धक्का महसुस गरिएको छ । पश्चिमी उत्तर प्रदेशका थुप्रै जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको प्रारम्भिक रिपोर्टमा हिन्दुकुश क्षेत्रमा ६.६ रेक्टर स्केलको भूकम्प गएको मौसम विज्ञान केन्द्र जयपुरले जनाएको छ ।

पाकिस्तानको मौसम विभागले पनि भूकम्प गएको पुष्टि गरेको छ ।पाकिस्तानको मौसम विभागले भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तानको जुर्ममा गएको भूकम्पको म्याग्निच्युड ६ दशमलव ५ मापन गरिएको छ ।

प्रतिक्रिया