मुख्यमन्त्री जमरकट्टेलले आज विश्वासको मत लिँदै
नेपालखोज
२०७९ चैत ८ गते ७:२७

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जमरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेस र एकीकृत समाजवादीले जमरकट्टेललाई विश्वासको मत दिने प्रतिबद्धता जनाए पनि एमाले सरकारमै रहेकाले यस विषयलाई टुंग्याएर मात्र सदन सञ्चालन हुनुपर्ने बताइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया