आइतबार, वैशाख २८, २०८२

मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्ने

नेपालखोज २०७९ चैत ८ गते १०:१३

एजेन्सी । मिडिया टाइकुन रुपर्ट मर्डोकले आफ्नी पार्टनर एन लेस्ली स्मिथसँग आफ्नो इङेजमेन्टको घोषणा गरेका छन् । उनकि भावी श्रीमती लेस्ली स्मिथ प्रहरी अधिकारीहरूका लागि काउन्सिलिङको काम गर्छिन् । ९२ वर्षीय मर्डोक गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा भएको एक कार्यक्रममा पहिलोपटक ६६ वर्षीय स्मिथसँग परिचित भएका थिए ।

मर्डोकले आफ्नो एक प्रकाशन, न्यूयोर्क पोस्टलाई भनेका छन , ‘मलाई प्रेममा पर्न डर थियो, तर मलाई थाहा थियो कि यो मेरो अन्तिम प्रेम हुनेछ। यो राम्रो हुनेछ। म खुसी छु।’ मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमती जेरी हलसँग अलग भएका थिए । रुपर्ट मर्डोकले एन लेस्ली स्मिथलाई प्रपोज गर्दा उनी निकै नर्भस भएको पनि बताए । स्मिथका श्रीमान् चेस्टर स्मिथ अहिले यो संसारमा छैनन् । उनी पेशाले गायक तथा रेडियो–टिभीका कार्यकारी थिए ।

स्मिथले मर्डोकसँगको आफ्नो सम्बन्धका बारेमा न्यूयोर्क पोस्टलाई बताएकि छिन्, ‘यो हामी दुवैका लागि ईश्वरले दिएको उपहार हो । हामी गत सेप्टेम्बरमा एकअर्का सँग परिचित भयौं । म विगत १४ वर्षदेखि एकल जीवन बिताईरहेकि छु । रुपर्टजस्तै मेरो श्रीमान् पनि व्यापारी हुनुहुन्थ्यो…त्यसैले म रूपर्टको भाषा बुझ्छु । हामी दुवैको सोच एउटै छ ।’

मर्डोकको पहिलो तीन विवाहबाट छ जना छोराछोरी छन् । ‘हामी दुबै हाम्रो जीवनको बाँकि समय सँगै बिताउन उत्सुक छौं’,मर्डोकले भने। उनिहरुले यहि गर्मीमा विवाह गर्नेछन् र त्यसपछि क्यालिफोर्निया, मोन्टाना, न्यूयोर्क र बेलायत जस्ता विभिन्न ठाउँमा आफ्नो जीवन बिताउनेछन् । मर्डोकले यसअघि अष्ट्रेलियाकी फ्लाइट अटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटिसमा जन्मिएकी पत्रकार अन्ना मान तथा चिनियाँ मूलकी व्यवसायी वेन्डी डेङसँग विवाह गरेका थिए ।

प्रतिक्रिया