‘व्यक्तिगत फोन स्वीकार्न मिल्दैन’

नेपालखोज २०७९ चैत ८ गते १३:३९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याउन लागेको सञ्चारसम्बन्धी विधेयकमा व्यक्तिगत फोन रेकर्ड गर्ने सकिने प्रावधानलाई कसैले पनि स्वीकार्न नसकक्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने र यसलाई नेपाली कांग्रेसले राक्नुपर्ने बताएका छन् ।

सरकारले जनताका जल्दा बल्दा विषयमा ध्यान दिएर अगाडी बढ्न आवश्य रहेको समयमा यस्ता ब्वक्तिका नितान्त व्यक्तिगत विषयमा विना जानकारी अनुसन्धान गर्ने, रेकर्ड गर्ने र उसको निजि स्वतन्त्रतामाथि खेलबाड गर्ने कुरा अहिलेको संविधानले नस्वीकार्ने पनि बताएका छन् ।

सरकारले टेलिफोनरमोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा बनाएर सदनमा पेस गर्न लागगेका बेला नेता कोइरालाको यस्तो भनाइ आएको हो । यो विधेयक अहिले राष्ट्रियसभा अन्तर्गतको एक समितिमा छलफलमा समेत गएको छ ।

विधेयकबारे समाचारहरु आएपछि बुधबार नेता कोइरालाले सामाजिक सन्जालमार्फत लोकतन्त्रमा यो वा त्यो बाहनामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । उनले विगतमा विरोधका कारण रोकिएको विधेयक अहिलेको सरकारले फेरि अगाडि बढाउन लागेको भन्दै यसले सरकारको नियतमाथि प्रश्न उठेको बताएका छन् ।

उनले भनेका छन्, ’लोकतन्त्रमा यो वा त्यो बहानामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ । राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगत्को समेत ध्यान जाओस् ।’

प्रतिक्रिया