माओवादीले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।
राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको छ ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भोलिसम्म समर्थन फिर्ता लिने प्रष्ट पारेका हुन् । उनले भोलिसम्म समर्थन फिर्ता लिएर सरकार ढाल्ने तयारी भएको बताए ।
नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् ।
मुख्यमन्त्रीलाई समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री गिरी अल्पमतमा पर्छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अरु साना दलहरुले पनि फिर्ता लिने निश्चित देखिएको छ ।
पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया