शुक्रबार, चैत १६, २०८०

उपनिर्वाचनका लागि चैत १५ भित्र उम्मेद्वार सिफारिस गर्न जसपाको निर्देशन

नेपालखोज २०७९ चैत ८ गते १७:२७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले उपनिर्वाचनका लागि उम्मेद्वारहरूको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । 

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चैत १५ भित्र तीनजनाको नाम सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय गरेको हाे ।

आगामी वैशाख १० गते रिक्त रहेका बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि चैत २० गते उमेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । त्यस्तै, चैत १२ भित्र दल दर्ता गर्न निर्वाचन आयोगले सूचना जारी गरेको छ ।

प्रतिक्रिया