लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई १-० को अग्रता
नेपालखोज
२०७९ चैत ८ गते १९:१९

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप त्रिदेशीय प्रतियोगिताको उद्घाटन खेलको पहिलो हाफमा बुधबार लाओसविरुद्ध १-० को अग्रता लिएको छ ।
दशरथ रंगशालामा भइरहेको खेलमा डिफेन्डर अनन्त तामाङको हेडर गोलमा घरेलु टिमले अग्रता लिएको हो । उनले नवीन लामाको कर्नरमा ३० औं मिनेटमा गोल गर्दै नेपाललाई १-० ले अगाडि बढाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया