शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल : लाओसलाई २-० ले हराउँदै नेपाल विजयी

नेपालखोज २०७९ चैत ८ गते १९:५६

काठमाडाैं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

नेपाललाई जिताउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । र, नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । त्यस्तै चैत १४ गते नेपालले भुटानसँग  खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतिक्रिया