शुक्रबार, वैशाख १४, २०८१

सिनेमामा असफल भएपछि व्यापारबाट करोडपति

नेपालखोज २०७९ चैत ९ गते ९:२४

काठमाडाैं । मायानगरी बलिउडले कसैलाई सफलताको उचाइमा पुर्याउँछ भने कसैलाई तल झार्छ। पहिले पनि लाखौं युवा फिल्ममा भाग्य आजमाउन मुम्बई पुग्थे भने आज पनि पुग्छन् । यसमा कोही भुइँबाट आकाश छुन पुग्छन् भने धेरै जसो भुइँका भुइँ रहन्छन् । यहिक्रममा कोही आकाश (फिल्मी पृष्ठभूमि) बाट आए पनि सफलता पाउन नसकेर भुईमा बजारिन पुग्छन् । यद्यपि कतिपय कलाकारले अभिनय करियरमा भर परेर नभई व्यापार-काममा हात हालेर सफलताका कथा लेखिरहेका छन् ।

८० को दशकमा चकलेटी हिरो कुमार गौरवले हलचल मच्चाएका थिए । दिग्गज अभिनेता राजेन्द्र कुमारका छोरा कुमार गौरवले फिल्म ‘लभ स्टोरी’ बाट बलिउडमा डेब्यु गरेका हुन् । पहिलो फिल्मको सफलतापछि उनलाई सुपरस्टार मानिएको थियो । त्यसपछि कुमारले अनेकन फिल्ममा काम गरे । ‘नाम’, ‘तेरी कसम’, ‘स्टार’, ‘रोमान्स’ तर उनको करियरको ग्राफ माथि जानुको सट्टा तल ओर्लन थाल्यो । जब कुमारका फिल्म फ्लप हुन थाले, तब उनले व्यापारमा हात हाले । कुमार गौरव अहिले एक सफल व्यवसायी हुन् जसले माल्दिभ्स र भारतमा ट्राभल व्यवसायबाट करोडौं कमाउँछन्।

‘तुम बिन’ फेम सन्दली सिन्हाले चलचित्र क्षेत्रमा दमदार प्रवेश गरेकी थिईन् । सन्दलीले त्यसपछि अनेकन फिल्ममा काम गरिन् तर सफलता भने पाउन सकिनन् । सन्दलीले बेकरीको पेसामा हात आजमाइन् र आज करोडौं कमाइरहेकी छिन् । सन्दली भारतमो चर्चित ‘कन्ट्री अफ ओरिजिन’ बेकरी ब्राण्डकी मालिक हुन् ।

मयुरी कांगोले ‘पापा कहते हैं’ बाट फिल्मि संसारमा एन्ट्री गरेकि हुन् । यो चलचित्रमा देखिए लगत्तै उनी चर्चित पनि भइन् । मयुरी सफल नायिका साबित हुनेछिन् भन्ने विश्वास धेरैमा थियो तर ठूला कलाकारहरुको भिडमा उनी हराईन अथवा उनले सफलता हासिल गर्न सकिनन् । यद्यपि मयुरी निराश भइन। उनले बलिउड छोडेर आफ्नै काम गर्न थालिन् । शिक्षित अभिनेत्री मयुरी अहिले गुगल इन्डियाकी उद्योग प्रमुख हुन् र उनको तलब प्याकेज करोडौंमा छ ।

साहिल खानले ‘नाचेगे सारी रात’ म्युजिक भिडियो गरेपछि सन् २००१ मा फिल्म ‘स्टाइल’ बाट अभिनयमा डेब्यु गरेका थिए । जब यो फिल्म हिट भयो, निर्माताहरूले सन् २००३ मा त्यसको सिक्वेल ‘एक्सक्यूज मी’ बनाए, जसमा साहिलले काम गरेका थिए । त्यसपछि साहिलले अरु पनि फिल्ममा काम गरे तर सफल भएनन । बरु उनी आफ्नो फिटनेसका कारण फिटनेस आइकन बने। फिटनेसका हिसाबले साहिलले अनेकौं कीर्तिमान बनाएका छन् । मुम्बईका चर्चित फिटनेस इन्फ्लुसर साहिल अहिले महिना कै करोडौं कमाउँछन् ।

प्रतिक्रिया