२० प्रतिशतले बढायो क्यानले क्रिकेट प्रशिक्षकको तलब

नेपालखोज २०७९ चैत ९ गते १०:५१

काठमाडौं । नेपाल क्रिकेट संघले भारतीय प्रशिक्षक मोन्टी देसाइको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ । उनी प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै मासिक तलबमा २० प्रतिशतले बढाइएको हो ।

नेपाली क्रिकेट टिमलाई राम्रो नतिजा दिलाएका भारतीय प्रशिक्षक मोन्टी देसाइले छिट्टै यसको ‘फल’ पाएका छन् ।

यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन् । आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बुझिएको छ ।

प्रतिक्रिया