बिहीबार, वैशाख १३, २०८१

एएफसी यू-२० महिला एसियन कप छनोट : नेपाल दोस्रो चरणको समूह ‘बी’ मा

नेपालखोज २०७९ चैत ९ गते १४:५०

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा चीन, म्यानमार र चाइनिज ताइपेईसँगै नेपाल परेको एएफसीले जनाएको छ ।

बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको छनोट ड्र’ अनुसार गरिएको हो । छनोटको दोस्रो चरण आउँदो जुन ३ देखि ११ तारिखसम्म हुनेछ ।

नेपाल समूहको शीर्ष दुईमा अटाउन सके सन् २०२४ मा हुने एएफसी यू–२० महिला एसिया कपमा छनोट हुनेछ । एएफसी यू–२० महिला एसिया कप उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने तालिका छ ।

यसअघि, प्यालेस्टाइनमा भएको छनोटको पहिलो चरणमा नेपालले घरेलु टिम प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्डलाई समान ६–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया