बुधबार, वैशाख १२, २०८१

अब कुकुर पाल्न पनि अनुमति लिनुपर्ने

नेपालखोज २०७९ चैत ९ गते १७:१९

बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरभित्र कुकुर पाल्न अब अनिवार्य रूपमा अनुमति पत्र लिनुपर्नेछ।

घर पालुवा कुकुरका लागि ३५ दिनभित्र अनिवार्य रूपमा अनुमतिपत्र लिन निर्देशन दिँदै नगरपालिकाले हिजो बुधबार एक सूचना जारी गरेको थियो ।

समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १००औं शृङ्खला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्न घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको बताएको छ ।

नगरपालिकाको वेव साइट www.tilottamamun.gov.np मा गएर पशु एप डाउनलोड गरी अनलाइनबाटै अनुमतिपत्र लिन सकिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

संसारका विभिन्न देश तथा सहरमा विभिन्न प्रकारले घर पालुवा जनावरलाई नियमन गरिदै आइएको छ ।

प्रतिक्रिया