शुक्रबार, वैशाख १४, २०८१

सुजल श्रेष्ठले गरे सन्यासकाे घोषणा

नेपालखोज २०७९ चैत ९ गते १८:२५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । सुजलले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

अष्ट्रेलिया जानु अघि सुजलले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । सुरक्षित भबिस्यका लागि सुजल बिहीबार राति अष्ट्रेलिया प्रस्थान गर्दै छन् ।

 ‘११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुसीका पल त केहि दुखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलिबाट आफ्नो सन्यास घोषणा गर्दछु,’ सुजलले लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरे । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान् छन् । र, म विश्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नया पुस्ताको हो ।’

सुजलले सन्यासका लागि यो उपयुक्त समय भएको बताएका छन् । उनको अन्तिम खेल पाकिस्तानविरुद्ध काठमाडौंमा सन् २०२२ मा भएको मैत्रीपूर्ण खेल रह्यो । उनले सन् २०११ मा भुटानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलबाटै नेपालका लागि डेब्यु गरेका थिए ।

प्रतिक्रिया