शुक्रबार, चैत १६, २०८०

सन्दीप र अर्जुन ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा अनसोल्ड

नेपालखोज २०७९ चैत १० गते ११:२८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र विकेटकिपर तथा ओपनर अर्जुन साउद ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् ।

उनीहरुलाई लन्डनमा बिहीबार राति सम्पन्न ड्राफ्टमा कुनै पनि टोलीले बोली लगाएनन्। ‘द हन्ड्रेड’ले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप र अर्जुन मात्र अटाएका थिए । ड्राफ्टमा तीन सय ६८ खेलाडी थिए ।

‘द हन्ड्रेड’ को पहिलो संस्करणमा ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरे पनि सन्दीपले भिसा समस्याका कारण प्रतियोगिता गुमाएका थिए ।

दोस्रो संस्करणमा भने सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध गरेको थिएनन्। अर्जुन भने पहिलो पटक ड्राफ्टमा परेका हुन् ।

यस संस्करणको ‘द हन्ड्रेड’ अगस्ट १ बाट सुरु हुँदैछ ।

प्रतिक्रिया