नेपालको जनसंख्या प्रारम्भिक गणनाभन्दा २७ हजारले घट्यो
नेपालखोज
२०७९ चैत १० गते ११:४३

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार एक कार्यक्रमकाबीच जनगणनाको विवरण सार्वजनिक गरेको हुन् ।
पूर्णविवरण सार्वजनिक पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
पूर्णविवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक कार्यलयका उपप्रमुख डा. हेमराज रेग्मीले बताए ।
वि.स. २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।
यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया