शुक्रबार, वैशाख १४, २०८१

रामचन्द्र र समिक्षाले गाए ‘घाँटी रेट्नलाई’ (भिडियो)

नेपालखोज २०७९ चैत १० गते १३:२४

काठमाडौं । २०६३ सालमा ‘माया साह्रै छ’बोलको गीतबाट लोक संगीतको यात्रा थालेका रामचन्द्र चन्दको ‘चरी रुखैमा’लगायतका गीत चर्चित छ । उनै रामचन्द्रले ‘घाँटी रेट्नलाई’लोक बजारमा ल्याएका छन् । उक्त गीतमा उनलाई महिला गायनमा समिक्षा अधिकारीले साथ दिएकी छिन् ।

प्रकाश न्यौपानेको शब्द र नन्दु परियारको लयमा वियोगान्त धारमा गीत तयार पारिएको छ । एक प्रेमिल जोडीले एक अर्कालाई दोषारापण गरेको भाव गीतमा भेटिन्छ ।

सृजन बराल (ऋषी)को कथा र निर्देशनमा तयार भएको भिडियोमा जिबि चिरन, यशु भट्टराई, अञ्जना दुलाल र रोयल प्रिन्स रायलको शसक्त अभिनय रहेको छ । राम केसीले छायांकन गरेको भिडियो अमृत चापाँगाईले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया