सोमबार, माघ २८, २०८१

२०२४ का सुपर फ्लप बलिउड चलचित्र

नेपालखोज २०८१ पुष ११ गते १५:१७

काठमाडौं । अंग्रेजी नयाँ वर्ष आउँदैछ र २०२४ को केहि दिन मात्र बाँकी छ । यो वर्ष भारतीय फिल्म उद्योगका लागि निकै विशेष रह्यो। यो वर्ष बक्स अफिसमा धेरै फिल्मले राम्रो प्रदर्शन गरे पनि केही स्टारको भाग्य भने चम्कन सकेन । अक्षय कुमारका चलचित्रले गएको वर्ष जस्तै यो वर्ष पनि काम गर्न सकेनन । उनको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बाहेक अन्य धेरै फिल्महरू छन् जसको चर्को चर्चा त भयो तर बक्स अफिसमा तिनले कुनै कमाल देखाउन सकेनन् ।

Advertisement

बडे मियाँ छोटे मियाँ

अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को चर्चा निकै थियो र दर्शकहरूले यसलाई उत्सुकतापूर्वक पर्खिरहेका थिए । यद्यपि यो फिल्म रिलिज भए पछि दर्शकबाट राम्रो प्रतिक्रिया आउन सकेन । यसको आइएमडिबी (IMDb) रेटिङ पनि ४.१/१० रह्यो । यो फिल्मबाट धेरै आशा त थियो तर दर्शक र फिल्म समीक्षकहरूले यसलाई पटक्कै मन पराएनन् ।

इश्क विस्क रिबाउन्ड

रोहित शराफका प्रशन्सकहरू यो रोमान्टिक कमेडीको पर्खाईमा थिए , तर धेरैलाई यसको स्टोरी लाईन नै मन परेन । इश्क विस्क रिबाउन्डलाई ‘जब वी मेट’ र ‘ये जवानी है दिवानी’ जस्तो फिल्म बनाउने हरसम्भव प्रयास भए पनि निर्माता त्यसमा सफल भएनन् । यसको आइएमडिबी रेटिङ ६.९/१० हो ।

टर्बो

मामुट्टीको एक्सन फिल्म ‘टर्बो’ को ट्रेलर हेरेर दर्शकहरु धेरै उत्साहित थिए तर यो फिल्मले पनि अपेक्षाअनुरूप काम गर्न सकेन। आलोचकहरूले पनि यसको आलोचना गरे । आइएमडिबीमा यसको मूल्याङ्कन ६.५ /१० छ ।

ऐ वतन मेरे वतन

सारा अली खान अभिनीत यो फिल्म भारतको स्वतन्त्रता संग्रामको एक अज्ञात नायकमा आधारित छ । समीक्षकहरुका अनुसार कास्टिङ राम्रो हुन नसकेकाले यो फिल्म बक्स अफिसमा चल्न सकेन । यसको आइएमडिबीमा यसको रेटिङ ४.७/१० रह्यो ।

लभ सेक्स और धोखा

दिबकर बनर्जीको ‘लभ सेक्स और धोखा’ को हल्ला पनि निकै थियो तर यो फिल्म रिलिज भएपछि दर्शकको सबै क्रेज चकनाचुर भयो । आइएमडिबीमा यसको रेटिङ ४.१/१० छ ।

क्राक

एक्शन विधाको यो फिल्म विद्युत जामवालको एक्सन दृश्यले भरिपुर्ण छ तर यसको निर्देशन निकै कमजोर थियो । यो फिल्मको संवाद पनि दर्शक तथा समीक्षकहरुले मन पराएनन् । आइएमडिबीमा यसले पाएको अंक ४.७/१० छ ।

प्रतिक्रिया