बिहीबार, वैशाख १३, २०८१

एमालेले छाड्यो लुम्बिनी सरकार

नेपालखोज २०७९ चैत १० गते १४:१९

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारबाट बहिरिएको बताएका छन् । थपलियाले प्रदेशसभा बैठकमा बोल्दै आफूले सरकारबाट बाहिरिएको बताएका हुन् ।

उनले करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको दाबी गरे । केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले खोला तरेको तर लौरो बनेर साथ दिएको एमालेलाई बिर्सेर राजनीतिक बेइमानी गरेको थपलियाले बताए । प्रधानमन्त्रीले देशी विदेशीको प्रभावमा परेर सत्ता समीकरण भत्काएको भन्दै उनले त्यसको विरुद्धमा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।

प्रतिक्रिया