बुधबार, वैशाख १२, २०८१

मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

नेपालखोज २०७९ चैत १० गते १६:०४

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन्।

प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेश सभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् ।

प्रतिक्रिया