आइतबार, जेठ २१, २०८०

आईजीपी बसन्त कुँवरले भेटे प्रधानमन्त्री

नेपालखोज २०७९ चैत १० गते १८:०१
तस्बिर रासस

काठमाडाैं । नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । आज प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका हुन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आईजीपी कुँवरलाई प्रधानमन्त्रीले बधाईसमेत दिएका थिए । आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी प्रमुखमा नियुक्त गरेकाे थियाे । धिरजप्रताप सिंहले आजबाटै अवकास पाउने भएपछि सरकारले कुँवरलाई नयाँ आईजीपीमा नियुक्त गरेको हो ।

प्रतिक्रिया