शुक्रबार, चैत १६, २०८०

न्यूजिल्याण्ड सरकारले ब्रेकअपको पीडा हटाउन मद्दत गर्ने

नेपालखोज २०७९ चैत १० गते १९:११

‘ब्रेकअपले चोट पुर्‍याउँछ … तर तपाईं आफैलाई मद्दत गर्न सक्नुहुन्छ । तपाईं आफ्ना भावनाहरुलाई अँगालो हाल्नुहोस्।’ हृदयघातको पीडाबाट गुज्रिरहेका न्यूजिल्याण्डका युवाका लागि सुमधुर स्वरमा सजिएको यो सन्देश सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यस अन्तर्गत ब्रेकअप भए पछि के गर्ने भन्ने बिषयमा सल्लाह र सहयोग दिइँदै आएको छ । यो ‘लभ बेटर’ अभियानलाई पोडकास्ट र इन्स्टाग्राम जस्ता युवाहरूमाझ लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत उनिहरु सम्म पुर्याउने प्रयास गरिएको छ ।

ब्रेकअपको पीडा कम गर्न

डाटा विश्लेषण कम्पनी कान्तारका अनुसार न्यूजील्याण्डका १६ देखि २४ वर्षका सयमा दस जना युवा ब्रेकअपबाट गुज्रिएका छन् र तीमध्ये धेरैले यसको कारणले या त ‘हानिकारक प्रभाव’ अनुभव गरेका छन् वा उनीहरू आफैंले केही हानिकारक गरेका छन् । युनिसेफका अनुसार विकसित देशहरूमा युवाहरूले आत्महत्या गर्ने दर सबैभन्दा बढी छ । यो नयाँ अभियानले यस्ता युवाहरुलाई ‘ताजा ब्रेकअपमा बाँचेको समुदाय’ का रूपमा ब्याख्या गर्दछ अनि ‘ब्रेकअपबाट गुज्रिरहेका मानिसहरूका लागि पीडालाई ठूलो कुरा बन्नबाट जोगाउन मद्दत गर्दछ।’ यसको भिडियोमा त्यस्ता युवाहरूलाई चित्रण गरिएको छ जो आफैं ब्रेकअपबाट गुज्रिएका छन् ।

उनिहरुले भिडियोमा आफुले कसरी ब्रेकअपको सामना गर्नुपर्यो भन्ने कुरा बताएका छन् । एक बेचैन युवा भन्छन्, ‘मैले यो गर्नै पर्छ, साँच्चै। यो हास्यास्पद हुँदैछ। मैले राति प्रयाप्त सुत्नु पर्छ। मैले यो चोटलाई मनबाट हटाउनै पर्छ।’ यसो भन्दै ती युवकले आफ्नो पूर्व क्रसलाई सामाजिक सञ्जालमा ब्लक गर्छन् । न्यूजिल्याण्ड सरकारकी सामाजिक विकास मन्त्री प्रियंका राधाकृष्णले यो अभियानमा सरकारले तीन वर्षमा ७० लाख रुपैयाँ जति खर्च गर्ने बताइन् ।

राधाकृष्ण भन्छिन्, ‘हामीलाई थाहा छ कि ब्रेकअपले चोट पुर्‍याउँछ। हामी हाम्रा युवाहरूलाई मदत गर्न चाहन्छौं … र उनीहरूलाई बताउन चाहन्छौं कि आफू वा अरूलाई हानि- नोक्सानी नपुर्‍याई यसबाट पार पाउने बाटो छ ।’ उनले भनिन ‘लभ बेटर’ एउटा ‘प्राथमिक रोकथाम कार्यक्रम’ हो जसमा युवाहरूले ‘त्यस्तै अनुभवबाट गुज्रिरहेका आफ्ना साथीहरूलाई मद्दत गर्न वा अरूसँग आफ्ना कथा साझा गर्न सक्छन् ।’ एएफपी

प्रतिक्रिया