बिहीबार, वैशाख १३, २०८१

थ्री नेसन्स कपमा आज भुटान र लाओस भिड्दै

नेपालखोज २०७९ चैत ११ गते ७:३४

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरिरहेको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज भुटान र लाओस भिड्दै छन् । यो प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संचालन हुनेछ ।

याे प्रतियोगिताको अघिल्लो तथा पहिलो खेलमा गत  बुधबार नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको अर्को खेल आगामी मंगलबार नेपाल तथा भुटानबीच हुनेछ ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने यो प्रतियोगिताका उत्कृष्ट दुई देसले यही चैत १७ गते फाइनल खेल्नेछन् ।

प्रतिक्रिया