बुधबार, वैशाख १२, २०८१

‘विदेशबाट फर्केका युवालाई परिचालन गर्न सके आर्थिक सुधार सजिलो’

नेपालखोज २०७९ चैत ११ गते १६:४५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् ।

शनिवार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरूलाई नेपाल फर्किपछि सहज रूपमा उत्पादन लगायतका क्षेत्रमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताएका हुन् ।

स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरूलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनले बताए । दुई दिनसम्म चल्ने एमाले निकट विदेशबाट फर्किएका नेपालीहरूको सङ्गगठन रिटर्नी फेडेरेन नेपालको राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया