बिहीबार, वैशाख २०, २०८१

जर्मनीको नयाँ नारीवादी विदेश र विकास नीति के हो ?

नेपालखोज २०७९ फागुन २३ गते १०:०७

डिडब्ल्यु । जर्मनीकि विदेशमन्त्री एनालेना बेयरबक तथा जर्मन विकासमन्त्री स्वेन्या शुल्जेले समाजमा महिलालाई समान अधिकार दिने नीति ल्याएका छन् । ग्रीन पार्टीका बेयरबक तथा एसपीडीका शुल्ट्ज हालै राजधानी बर्लिनमा महिलालाई समान अधिकार दिने नीतिहरू प्रस्ताव गर्न भेला भएका थिए ।

नारीवादी विदेश र विकास नीति भन्ने अवधारणा साझा गर्दै, शुल्त्सेले भनिन , ‘हामी समाजलाई अझ राम्रो बनाउन चाहन्छौं र तपाईले आधा क्षमता बिना यो गर्न सक्नुहुन्न , मुख्यतया हामिसबैले महिलाहरुका बारेमा सोच्नुपर्छ।’ शुल्ट्जका अनुसार, यदि ‘महिलाहरूले कहिले र कोसँग बच्चा जन्माउने निर्णय गर्न पाउनु पर्छ । उनीहरूलाई आत्मनिर्भर बनाउन रोजगारीको अवसरहरू सृजना गर्नु पर्छ ।’ शुल्त्सेका अनुसार , ‘जमिनमाथिको अधिकारको कुरा पनि छ, खेतबारीमा काम गर्ने अधिकांश महिला छन्, तर स्वामित्वको हक नभए उनिहरुले ऋण पाउँदैनन् ।’

यो प्रस्तावका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक छैन। यी दिशानिर्देशहरू मन्त्रालयहरूको काममा लागू हुनेछन्। अन्नालेना बेयरबकका अनुसार, ‘महिला अधिकारले समाजको वर्तमान अवस्थालाई पनि सूचित गर्दछ।’

बेयरबकले यो अवधारणालाई मूल्यमा आधारित परराष्ट्र नीतिको अभिन्न अंगका रूपमा व्याख्या गरेकि छिन् । यसअन्तर्गत विदेशमा राजदूतका रूपमा महिलाको सहभागिता बढाइनेछ । बेयरबकका अनुसार महिलाहरुले समान अधिकार प्राप्त गर्न अझै लामो यात्रा गर्न बाँकी छ ।

विश्वमा अझै पनि बिद्दमान पछौटेपनलाई औँल्याउँदै जर्मन विदेशमन्त्रीले भनिन, ‘विश्वमा जताततै सत्य एउटै छ ।’

नेतृत्वको भूमिकामा महिलाहरू : नारीवादी विदेश र विकास नीतिले जर्मनीको विदेश मन्त्रालयमा कम्तीमा ५० प्रतिशत उच्च पदमा महिला हुने कुरामा जोड दिएको छ । यी कामहरू मानवीय सहायता, स्थिरता, शान्ति मिसन, विदेशी संस्कृति र शिक्षा नीति जस्ता विभागहरूमा हुनेछन्।

नीति अवधारणा प्रस्तुत गर्नु अघि जर्मन राज्य प्रसारक एआरडीसँग कुरा गर्दै शुल्जेले भनिन्, ‘हाम्रा विकास नीति महिला अधिकारमा केन्द्रित हुनुपर्छ, उनीहरूसँग स्रोतसाधन हुनुपर्छ र उनीहरूलाई प्रतिनिधित्व गर्नुपर्छ भन्ने स्पष्ट छ।’ शुल्जेले महिलाहरूलाई समाजमा शक्तिशाली शक्तिका रूपमा हेर्न चाहेको बताइन्। विकास मन्त्रालयको प्रस्तावअनुसार सन् २०२५ सम्ममा नयाँ परियोजनाको ९० प्रतिशतभन्दा बढी रकम लैङ्गिक समानतालाई अगाडि बढाउन खर्च गरिनेछ । २०२१ मा त्यस्ता परियोजना कोषहरूको संख्या ६४ प्रतिशत थियो । जर्मन सरकार महिलावादी विकास नीतिलाई साझेदार देशहरूसँगको सहकार्यमा महत्त्वपूर्ण स्तम्भ बनाउन चाहन्छ।

महिलाहरूले कसरी असमानताको चपेटामा पर्छन् : युरोपेली आयोगको विस्तृत प्रतिवेदन अनुसार युनियनका २७ देशमा महिलाले पुरुषको तुलनामा औसत १४ प्रतिशत कम तलब पाउँछन् । यसको अर्थ पुरुषको तुलनामा महिलाले हरेक वर्ष करिब दुई महिना तलब नलिई काम गर्ने आयोगले जनाएको छ । यो असमानता जर्मनी, फ्रान्स, स्वीडेन, नर्वे र स्पेन लगायत अधिकांश ईयु देशहरूमा छ । संसारका धेरैजसो देशमा परिवार चलाउने र बच्चा हुर्काउने जिम्मेवारी महिलाको मात्र हो।

पश्चिमा देशहरूमा यी जिम्मेवारीका कारण अधिकांश महिला पेन्सनको मामिलामा धेरै पछाडि परेका छन् । पार्टनर सँगको बिछोड वा मृत्युका कारण यस्ता महिलाको बुढेसकाल निकै गरिबीमा बित्छ । पारिवारिक जिम्मेवारीका कारण बिदा लिनु र काम गर्ने घण्टा घटाउनुले पनि पुरुषको तुलनामा महिलालाई पछाडि पार्छ ।

प्रतिक्रिया