शुक्रबार, वैशाख १४, २०८१

माओवादीको निर्णय : सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने

नेपालखोज २०७९ चैत ११ गते १७:५०

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सोमबारभित्रमा मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।

शनिबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतवार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए ।

प्रतिक्रिया