पेरुविरुद्ध जर्मनीको सहज जित
नेपालखोज
२०७९ चैत १२ गते ९:३०

काठमाडौं । जर्मनीले शनिबार सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुविरुद्ध २-० को सहज जित निकालेको छ ।
घरेलु मैदान मिवा एरिनामा जर्मनीलाई जित दिलाउन दुवै गोल निक्लस फुलक्रगले गोल गरे । खेलको १२ औं मिनेटमा काई हाभर्टेजको पासलाई सदुपयोग गर्दै फुलक्रगले जर्मनीलाई अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा फुलक्रगले व्यक्तिगत दोस्रो गोल गरे। उनले मारियस उल्फको पासलाई सदुपयोग गरेका हुन् । ६८ औं मिनेटमा हाभर्टेज पेनाल्टीमा चुक्दा जर्मनीले अग्रता फाराकिलो बताउने अवसर गुमाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया